जेन जीहरुकाे प्रदर्शन सही छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई भोलि (सोमबार) हुने जेन जीहरूको प्रदर्शनमा बल प्रयोग नगर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति युवाहरूले देखाएको विरोध स्वाभाविक रहेको टिप्पणी गर्दै भनेका छन्, ‘सामाजिक सञ्जालमाथि रोक लगाउनु गलत कदम हो । सरकारले गरिरहेको भ्रष्टाचार र अवरोधको विरोधमा युवाहरूले गर्न लागेको प्रदर्शन पूर्णतः स्वाभाविक छ ।’

उनले थपे, ‘सरकारले प्रदर्शनमाथि बल प्रयोग गर्ने धृष्टता नगरोस् । हाम्रो आन्दोलन भ्रष्टाचारविरुद्ध जारी रहेको कुरा स्पष्ट छ र यसबाट हाम्रो संघर्ष कमजोर हुने छैन ।’

जेन जीले सोमबार काठमाडौंसहित देशभर सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार