चीन-भारत सम्बन्धमा सीमा प्रथमिकता हुनुहुँदैन : सी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा मुद्दा चीन–भारत सम्बन्धको निर्णायक पक्ष बन्न नहुने बताएका छन्। आइतबार सी मोदीबीच भेटका क्रममा सीले मोदीलाई यस्तो बताएका हुन् । सो क्रममा उनले दुई देशबीच वर्षौंसम्मको तनावपछि दुई मुलुकबीच विश्वासको वातावरण बन्दै गएको उल्लेख गरे ।

मोदी सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) मा भाग लिन मोदी चीन पुगेका छन् । लामो समयपछि भएको दुई नेताबीचको भेटमा भेटमा सीले मोदीलाई आपसी सम्बन्धमा ‘रणनीतिक र दीर्घकालीन दृष्टिकोण’ अपनाउनुपर्ने बताए।

सिन्ह्वाका अनुसार सीले मोदीलाई दुई देश असल छिमेकी बन्न सक्ने बताए। सात वर्षयता यो मोदीको पहिलो चीन भ्रमण हो।

‘चीन र भारत साझेदार बन्नुपर्छ नकि प्रतिद्वन्द्वी,’ सीले भने।

मोदीले भने अहिले दुई देशबीच ‘शान्ति र स्थायित्वको वातावरण रहेको’ बताए।

अमेरिकाले पछिल्लो समय रुसी तेल किनेको भन्दै भारतमाथि भारी भन्सार महसुल लगाएपछि भारत चीनसँग सम्बन्ध सुधारमा अग्रसर देखिएको छ।

मोदीले समयतालिका नतोकी २०२० देखि बन्द भएको सिधा उडान सुरु गरिने बताए। एजेन्सी

प्रतिक्रिया