नेपालको भूमि लिम्पियाधुरा व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने चीन र भारबीच नयाँ सहमित

काठमाडौं । नेपालको सहमितबिनै भारत र चीन लिपुलेक पासबाट द्विपक्षीय व्यापार नाका खोल्न सहमत भएका छन् ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री यीको भाद्र २ र ३ गते भारत भ्रमणका क्रममा सो सहमित भएको हो ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी सहमतिको बुँदा नम्बर ९ मा सीमा व्यापार खोल्ने विषय उल्लेख छ ।
त्यहाँ भनिएको छ, ‘दुईटै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्ने ।’

यसअघि वि.स २०७२(सन्२०१५) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा समकक्षी मोदी र ली खछियाङबीच लिपुलेक नाकाबाट द्विदेशीय व्यापार अभिवृद्धि गर्ने सहमति भएको थियो ।

चीन र भारतको यस कदमविरुद्ध नेपालमा तीव्र विरोध भएको थियो । सो घटनालाई लिएर नेपालले चीन र भारत दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो ।

लिपुलेक पास नेपालले जारी गरेको औपचारिक नक्सामा नेपाल भित्रको भूभाग हो । सन् २०२० मा भारत र चीनबीच गलवानमा भएको झडपका कारण लामो सम्बन्ध तनावपूर्ण थियो । तर, गतवर्षदेखि दुवै देश सम्बन्धलाई सुधार्न प्रयत्नशील छन् । दुवै देश गलान झडप पूर्वको स्थितिमा फर्किन चरणवद्ध वार्ता तथा उच्च स्तरीय राजीतिक भेटघाट हुँदै आएको छ ।

लिपुलेक–कालापनी र लिम्पियाधुराको भूभागमाथि नेपालको धेरै पहिलेदेखिको दावी छ । तर, भारतले त्यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम राखेको छ । सन् २०१९ को नोभेम्बरको पहिलो साता भारतले जारी गरेको नयाँ नक्सामा कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय सीमाभित्र देखाएपछि दुई देशबीच विवाद हुँदै आएको छ ।

नेपालले २०७७ जेठमा लिम्पियाधुरासम्मको नक्सा जारी गरेको छ । जुन ‘चुच्चे नक्सा’का रूपमा चिनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार