काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछि मात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेपछि तत्काल सो प्रक्रिया अघि नबढ्ने भएको हो ।
बैठकपछि नेताहरूले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किएपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन् ।
हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख भाद्र १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ ।




प्रतिक्रिया