१९ वर्ष पुरानो गौरकाण्डमाथि अनुसन्धान गर्न बाध्यकारी परमादेश

काठमाडौं । सर्वोच्च अदालतले ‘गौर हत्या काण्ड’मा छानबिन अघि बढाउन सरकारलाई बाध्यकारी आदेश (परमादेश) दिएको छ ।

हत्या भएको १९ वर्षपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जोडिएकोे सो हत्याकाण्डको छानबिन अघि बढाउन सर्वोच्चले यस्तो बाध्यकारी आदेश दिएको हो ।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गरेको छ ।

१९ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितले रिट दायर गरेका थिए । यादव नेतृत्वको पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनापछि अदालते उनी जोडिएको एउटा जघन्य अपराधसम्बन्धी मुद्दाको अनुसन्धान थाल्न भनेको हो ।

२१ जेठ २०८० मा दर्ता भएको रिटमा १३ वैशाख २०८१ मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

यस काण्डमा जसपाका नेता उपेन्द्र यादव संलग्न रहेको आरोप छ ।

प्रतिक्रिया