काठमाडौं । नेपाल आयल निगमको जग्गा अनियमितता लगायत अनियमिततामा मुछिएका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
गैरकानुनी सम्पत्ति आर्जनको भन्दै विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
अदालतले खड्कालाई गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको अभियोगमा उनको घरसम्पत्ति जफत सहित १५ महिना कैद सजाय हुने फैसला गरेको हो ।



प्रतिक्रिया