एडिबीले नेपाललाई ६ अर्ब ऋण दिने

काठमाडौं । एसियाली विकास बैंकले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको छ ।

नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनका लागि एडीबीले सो रकम दिने भएको हो ।

अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत देखिन्छ ।

सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्ने समेत बताइएको छ । यो सहायताले भन्सार प्रशासनलाई डिजिटल प्रविधिमा लैजान भूमिका खेल्ने बताइएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनमा यो ऋण उपयोग हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार