ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई के कारबाही हुन्छ ?

काठमाडौं । मंगलबार ललिता निवास प्रकरणमा मीनबहादुरलगायत सात जना पक्राउ परे ।

जसमध्ये तीन जनालाई अदालतबाट अन्तरिम आदेश दिइसको छ ।

जसअनुरुप मालपोत कार्यालय डिल्लीबजारका तात्कालिन प्रमुख र दुई कर्मचारीहरू क्रमश कलाधर देउजा, सुरेन्द्र कपाली र हुपेन्द्रमणि केसीलाई पक्राउ नगर्न अदालतले यसअघिकै अन्तरिम आदेश दिएको थियो।

बाँकी व्यक्तिहरूलाई हिरासतमा लिएर अब थप अनुसन्धान अघि बढाउने प्रहरीले बताएको छ।

पहिलो चरणमा पक्राउ गरिएका व्यक्तिहरूबारे अनुसन्धान गरेपछि मात्रै थप व्यक्तिहरूबारे अनुसन्धान हुने सङ्केत प्रहरीले गरेको छ।

यसअघि लामो समय चर्चा सेलाएको ललिता निवास प्रकरण सरकारलाई बजेट पारित गर्न अप्ठ्यारो परेको विवरणसँगै चर्चामा आउनुमा कतिपयले राजनीतिक कारण हो कि भन्ने आशङ्का गरेका छन्।

प्रतिक्रिया