अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

काठमाडौँ । अदानचुली गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ९ गते उक्त पालिकालगायत जिल्लाका अन्य पालिकाका अधिकृतहरूलाई सरुवा गरे पनि अदानचुलीमा खटिएका ताम्रराज काफ्ले कार्यभार लिन गएका छैनन्।

काफ्ले परराष्ट्र मन्त्रालयमा कार्यरत थिए र अदानचुली जान नमानेपछि गाउँपालिकामा योजनाको भुक्तानी, कर्मचारी पारिश्रमिक तथा जनप्रतिनिधिको सेवा सुविधामा समस्या उत्पन्न भएको छ।

बाँकी पालिकामा भने अधिकृतहरू कार्यरत छन्।

प्रतिक्रिया