काठमाडौं । काठमाडौं महानगरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले थप तलब सुविधा पाउने भएका छन् । त्यसका महानगरले ३० करोडको सोध भर्ना कोष खडा गरेसँगै सामुदायिक् विद्यालयका शिक्षकले थप तलब पाउने भएका हुन्
।
आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको जानकारी दिइन् ।
हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।
काठमाडौं महानगरपालिकाले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । तर, कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन ।
काठमाडौं महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ । यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।



प्रतिक्रिया