मलेसियाद्वारा ८ जना नेपाली निष्कासन

काठमाडौं । मलेसियाले अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाले उनीहरुलाई गतसाता नेपाल फर्काइएको हो ।

निष्कासित हुनेहरुमा  तामाङ, कार्की, विक, कोइरी, कहर, विस्ट, यादव र केसी थरी एक-एक जना रहेका छन्।

उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार