थोरै घरबहाल देखाएर कम कर तिर्नु पनि भ्रष्टाचार : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बढी घरभाडा लिएर आयस्रोत कम देखाउनु पनि भ्रष्टाचार भएको बताएका छन् ।

मेयर साम्पाङले केही बेरअघि सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

‘ ३० हजार घरभाडा लिएर तीन हजार मात्रै हो भनी बहाल कर छली गर्नु पनि भ्रष्टाचार हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यस्तै, केही दिनअघि उनले आफूविरुद्ध नाराबाजी गर्नेलाई धन्यवाद दिएका थिए । सामाजिक सञ्जालमार्फत् आफूविरुद्ध नाराबाजी गर्नेलाई धन्यवाद दिएका थिए ।

‘ लाखौँ धन्यवाद ती धरानेलाई जसले हर्क साम्पाङ मूर्दावादका नारा लगाए ! चोर र दलाल सम्म भन्न भ्याए अनि मेरो कार्यालय तोड्फोड गर्न भ्याए !’उनले भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार