काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरकालीन अन्तरिम आदेश विरुद्धमा मधेशको विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।
नागरिकता विहीन युवाहरूले धनुषाको ढल्केवरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि जनमत विद्यार्थी संघ धनुषाले घेराउ गरि प्रदर्शन गरेको छ । यस्तै विराटनगरमा पनि प्रदर्शन भएको छ ।



प्रतिक्रिया