इङल्याण्ड युरोकपको फाइनलमा , स्पेनसँग भयानक भिडन्त

काठमाडाैँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९० औँ मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै टोलीलाई फाइनलमा पुर्याएका हुन् । नेदरल्याण्डसले खेलको सातौँ मिनेटमा जाभी सिमन्सको गोलमा  शुरुवाती अग्रता लिएको थियो । खेलको १८ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी बनाएका थिए ।

फाइनल खेल आइतबार राति हुने छ । इङल्याण्डले उपाधिको लागि  फाइनलमा  स्पेनको सामना गर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार