काठमाडौं । डेंगु संक्रमणबाट म्याग्दीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेनी नगरपालिका ४ सिंगाका ६४ वर्षीय पुरुष रहेका छन् । एक्कासी ज्वरो आएर १६ असारमा अस्पताल गएका उनलाई बेनी अस्पतालले अवस्था जटिल बनेपछि १७ गते पोखरा रिफर गरेको थियो ।
उनको पोखरामा उपचारकै क्रममा निधन भएको बताइएको छ । डेंगु संक्रमण बढ्न सक्ने भएकोले सचेत रहन चिकित्सकले बताएका छन् ।







प्रतिक्रिया