काठमाडाैँ । बैतडीमा सडक बाट ट्रयाक्टर घरको छतमा खस्दा दुई बालिका घाइते भएका छन् ।
मेलौली नगरपालिका ३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको थियाे ।
घाइते हुनेमा स्थानीय सात वर्षीय निकिता चन्द र सात वर्षीय पूर्णीमा चन्द रहेका छन् । दुवै घाइतेकाे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
ढुंगा बोक्दै गरेको ट्रयाक्टर सडकबाट एक सय मिटर तल खस्दा सडकमुनि रहेको घरको छतमा खसेको हाे। ट्रयाक्टर छतमा खस्दा घरमा समेत क्षति पुगेको छ ।
दुर्घटनामा ट्रयाक्टर चालक सामान्य घाइते भएका छन् । ट्रयाक्टर चालक धनीराम डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया