काठमाडौं । आज र भोलि काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा आपूर्ति नहुने भएको हो ।
प्राधिकरणले शनिबार मच्छेगाउँ, सतुंगल, मातातीर्थ, फर्पिङ फिडर अन्तरगत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
आइतबार मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडर ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।







प्रतिक्रिया