गण्डकी प्रदेश मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त खगराज अधिकारी पदमुक्त भएसँगै उनी संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

 

नाेट : खगेन्द्र पाण्डे हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार