काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् ।
बुधबार ७१ औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा उनले हिमाल संरक्षण गर्न सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य र समन्वय हुनुपर्ने भन्दै विश्वव्यापी जलवायु परिवर्तनले तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको बताए ।
‘हिमाललाई प्रदूषणरहित बनाइराख्न सहकार्य र समन्वयवको आवश्यकता छ । यसका लागि नेपाल सरकारले ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति लिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यस नीतिगत प्राथमिकता र पहलमा सरोकारवाला लगायत सम्पूर्ण नेपालीहरूको बलियो साथ रहने मेरो विश्वास छ ।’
पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय संकट, जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौती गम्भीर भएको सो क्रममा उनले बताए ।





प्रतिक्रिया