ChadkeNepal
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • होमपेज
  • मुख्य समाचार
  • राजनीति
  • प्याब्सन स्कुल
  • अन्तर्वार्ता
  • खेलकुद
  • प्रदेश
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य
  • विचार
  • साहित्य

असुरक्षित गर्भपतन मौलाउँदै

१६ जेष्ठ २०८०, मंगलवार
घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गर्नुभएको थियो । गाउँकै मन मिल्ने साथी भेटेपछि उहाँले घरपरिवारलाई थाहै नदिइ भागेर बिहे गर्नुभयो
चौधरीका अहिले एक छोरा र एक छोरी छन् । उहाँलाई दुई सन्तान जन्माइसकेपछि सन्तानको रहर पुगिसकेको थियो । पहिलो सन्तान छोरा, दोस्रो छोरी जन्मेपछि चौधरीले परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्ने विषयमा श्रीमान्सँग सल्लाह गरे पनि सहयोग नगरिदिँदा तेस्रो गर्भ रहेपछि समस्या भयो ।
नजिकैको स्वास्थ्य संस्थाबाट औषधि लगेर खानु भएकी उहाँले त्यसैले गर्दा अहिलेसम्म पनि महिनावारी भएको समयमा रगत धेरै बग्ने समस्या रहेको गुनासो गर्नुभयो । घोराही–१ की २५ वर्षीया नेपाली थरकी अर्की एक महिलाको दुईवटा सन्तान भइसकेका थिए । उहाँलाई सन्तानको रहर पुगिसकेको थियो ।
अब बच्चाको रहर पुग्यो भन्ने लागेको समयमा फेरी गर्भ रहेपछि के गर्ने, कसो गर्ने भन्ने चिन्ताले नेपालीलाई सतायो र घरपरिवारले यसबारेमा साथ नदिँदा उहाँले पनि लुकीछिपी असुरक्षित गर्भपतन गराएको बताउनुभयो ।
नेपाल सरकारले बिहेवारी २० वर्ष पारि भन्ने उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ तर दाङमा अभैm पनि सानै उमेरमा गर्भपतन गर्नेको सङ्ख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा गर्भपतन गराउने २० वर्ष मुनिका महिला झन्डै १० प्रतिशत रहेको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनिकाको सङ्ख्या बढ्दै गएको देखाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउने २० वर्ष मुनिका महिलाको सङ्ख्या नौ दशमलव छ प्रतिशत रहेको पाइन्छ ।
दिगो विकास लक्ष्य २०३०अनुसार महिलाले आफ्नो शरीरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैँ निर्णय गर्न सक्ने क्षमताको विकास गर्ने लक्ष्य लिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७४÷७५ मा छ दशमलव दुई प्रतिशत रहेकामा पाँच वर्षमा यो सङ्ख्या बढेर नौ दशमलव छ प्रतिशत पुगेको छ ।
सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिँदा असुरक्षितरुपमा पनि गर्भपतन गराउनेको महिलाको सङ्ख्या पनि उत्तिकै रहेको आङ्कलन गरिएको छ । विवाहपूर्व शारीरिक सम्बन्धका कारण पनि २० वर्ष नपुग्दै गर्भपतन गराउन खोज्नेको सङ्ख्या बढेको देखिएको छ । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले सुरक्षितभन्दा पनि असुरक्षित स्थानमा गर्भपतन गराउन पुग्नेहरु पनि छन् ।
लुम्बिनी प्रदेश भित्रका १२ जिल्लामा सुरक्षित गर्भपतन गराउन एक सय ७४ स्वास्थ्य संस्था सूचीकृत छन् ।
सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन गराइन्छ तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन गराउने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउने गरिएको पाइन्छ ।
यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालयले सचेतना अभिवृद्धिका कार्यक्रमसमेत गर्दै आएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले बताउनुभयो । “सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन छ ।
यसका अतिरिक्त स्वास्थ्यकर्मीलाई तालिम दिने, जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अझै पनि छोराको आशामा लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य भइरहेका गुनासाहरु पनि आइरहन्छन् ।
यस्ता कार्यलाई नियमन गर्न अझैं कानुनी दायरालाई बढाउन जरुरी छ ।” वरिष्ठ नरसिंङ निरीक्षक राधा पौडेलले बजारमा खुलेका औषधि पसलमा सूचीकृत र सिफारिस भएका भन्दा बाहिरका औषधिसमेत बिक्री वितरण हुने गरेकाले असुरक्षित गर्भपतन बढेको बताउनुभयो । बजारमा छ प्रकारका औषधि बिक्री वितरणका लागि अनुमति छ तर खुला सिमानाका कारण अन्य औषधि सहजै भित्रिने गरेकाले असुरक्षित गर्भपतनको जोखिम झनै बढेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाखयता विपदमा २१५ले गुमाए ज्यान, कति घटे घटना ?

जेई सङ्क्रमणबाट झापामा पाँच जनाको मृत्यु

अब काठमाडौंका होटलमा हुक्का र चुरोट पिउन नपाइने

आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य : अर्थमन्त्री

तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकको मृत्यु

अनसनरत नर्स ज्योति र सरकारबीच १९ बुँदे सहमति

ताजा अपडेट

चुनौतीका बाबजुत सरकार खोज, उद्धार, राहत तथा व्यवस्थापनमा दृढ छ : प्रधानमन्त्री

काठमाडौंमा नेचासल्यानको एकीकृत सेवा प्रवाह सुरु, भोलिसम्म चल्ने

प्रधानमन्त्री राहतकोषमा नेकपाको २५ लाख सहयोग

मोबाइलमा सन्देश पठाएर दूरसञ्चारले भन्यो : सामाजिक सञ्जालमा वीभत्स, हृदयविदारक फोटो नराख्नु

पद्मज्योतिद्वारा बाढीपीडितका लागि एक करोड सहयोग

अमेरिकी सेवा प्रदायक स्टारलिंक बाढी प्रभावित क्षेत्रमा नि:शुल्क इन्टरनेट दिन तयार

ChadkeNepal

चाबहिल, काठमाडौं, नेपाल

सम्पर्क

दूत मिडिया प्रालिद्वारा संचालित


सम्पादक :नारायण प्रसाद निरौला
सूचना विभाग दर्ता नं : ४४७५-२०८०/२०८१

समाचारका लागि: nchadke@gmail.com
बिज्ञापनका लागि: nchadke@gmail.com

Follow Us

ChadkeNepal

Copyright © 2022 chainjokhabar.com. All rights reserved.

Design & Developed By : Journey For Tech Pvt.Ltd.