ChadkeNepal
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • होमपेज
  • मुख्य समाचार
  • राजनीति
  • प्याब्सन स्कुल
  • अन्तर्वार्ता
  • खेलकुद
  • प्रदेश
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य
  • विचार
  • साहित्य

असुरक्षित गर्भपतन मौलाउँदै

१६ जेष्ठ २०८०, मंगलवार
घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गर्नुभएको थियो । गाउँकै मन मिल्ने साथी भेटेपछि उहाँले घरपरिवारलाई थाहै नदिइ भागेर बिहे गर्नुभयो
चौधरीका अहिले एक छोरा र एक छोरी छन् । उहाँलाई दुई सन्तान जन्माइसकेपछि सन्तानको रहर पुगिसकेको थियो । पहिलो सन्तान छोरा, दोस्रो छोरी जन्मेपछि चौधरीले परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्ने विषयमा श्रीमान्सँग सल्लाह गरे पनि सहयोग नगरिदिँदा तेस्रो गर्भ रहेपछि समस्या भयो ।
नजिकैको स्वास्थ्य संस्थाबाट औषधि लगेर खानु भएकी उहाँले त्यसैले गर्दा अहिलेसम्म पनि महिनावारी भएको समयमा रगत धेरै बग्ने समस्या रहेको गुनासो गर्नुभयो । घोराही–१ की २५ वर्षीया नेपाली थरकी अर्की एक महिलाको दुईवटा सन्तान भइसकेका थिए । उहाँलाई सन्तानको रहर पुगिसकेको थियो ।
अब बच्चाको रहर पुग्यो भन्ने लागेको समयमा फेरी गर्भ रहेपछि के गर्ने, कसो गर्ने भन्ने चिन्ताले नेपालीलाई सतायो र घरपरिवारले यसबारेमा साथ नदिँदा उहाँले पनि लुकीछिपी असुरक्षित गर्भपतन गराएको बताउनुभयो ।
नेपाल सरकारले बिहेवारी २० वर्ष पारि भन्ने उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ तर दाङमा अभैm पनि सानै उमेरमा गर्भपतन गर्नेको सङ्ख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा गर्भपतन गराउने २० वर्ष मुनिका महिला झन्डै १० प्रतिशत रहेको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनिकाको सङ्ख्या बढ्दै गएको देखाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउने २० वर्ष मुनिका महिलाको सङ्ख्या नौ दशमलव छ प्रतिशत रहेको पाइन्छ ।
दिगो विकास लक्ष्य २०३०अनुसार महिलाले आफ्नो शरीरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैँ निर्णय गर्न सक्ने क्षमताको विकास गर्ने लक्ष्य लिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७४÷७५ मा छ दशमलव दुई प्रतिशत रहेकामा पाँच वर्षमा यो सङ्ख्या बढेर नौ दशमलव छ प्रतिशत पुगेको छ ।
सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिँदा असुरक्षितरुपमा पनि गर्भपतन गराउनेको महिलाको सङ्ख्या पनि उत्तिकै रहेको आङ्कलन गरिएको छ । विवाहपूर्व शारीरिक सम्बन्धका कारण पनि २० वर्ष नपुग्दै गर्भपतन गराउन खोज्नेको सङ्ख्या बढेको देखिएको छ । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले सुरक्षितभन्दा पनि असुरक्षित स्थानमा गर्भपतन गराउन पुग्नेहरु पनि छन् ।
लुम्बिनी प्रदेश भित्रका १२ जिल्लामा सुरक्षित गर्भपतन गराउन एक सय ७४ स्वास्थ्य संस्था सूचीकृत छन् ।
सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन गराइन्छ तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन गराउने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउने गरिएको पाइन्छ ।
यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालयले सचेतना अभिवृद्धिका कार्यक्रमसमेत गर्दै आएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले बताउनुभयो । “सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन छ ।
यसका अतिरिक्त स्वास्थ्यकर्मीलाई तालिम दिने, जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अझै पनि छोराको आशामा लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य भइरहेका गुनासाहरु पनि आइरहन्छन् ।
यस्ता कार्यलाई नियमन गर्न अझैं कानुनी दायरालाई बढाउन जरुरी छ ।” वरिष्ठ नरसिंङ निरीक्षक राधा पौडेलले बजारमा खुलेका औषधि पसलमा सूचीकृत र सिफारिस भएका भन्दा बाहिरका औषधिसमेत बिक्री वितरण हुने गरेकाले असुरक्षित गर्भपतन बढेको बताउनुभयो । बजारमा छ प्रकारका औषधि बिक्री वितरणका लागि अनुमति छ तर खुला सिमानाका कारण अन्य औषधि सहजै भित्रिने गरेकाले असुरक्षित गर्भपतनको जोखिम झनै बढेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व पोलियो दिवसः पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने पक्राउ

व्यावसायिक तरकारी खेतीले दिएको सफलता

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ एन्इ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

बाढी प्रभावित क्षेत्रमा खोप सेवा सुरु

बाढीमा बेपत्ता भएका आफन्तलाई डीएनए परीक्षण गराउन अनुरोध

ताजा अपडेट

सिटिजन्स बैंक र रामाडा एन्कोर, होटल हिमालयन होराइजन र पान्क बाइकबीच सम्झौता

रास्वपाले स्थानीय तहका उम्मेदवारलाई के-के विषयमा दिँदैछ प्रशिक्षण ?

कामना सेवा बैंकद्वारा डिजिटल एआई सहायक ‘केएस मित्र’ सेवा सुरु

नेसनल लाइफ बन्यो कर्णाली याक्सको इन्स्योरेन्स पार्टनर

डिशहोमका डिटिएच तथा आईपीटिभी ग्राहकले एनपीएलका खेल नि: शुल्क हेर्न पाउने

तिहारमा फूलका पोली र गमलाको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान

ChadkeNepal

चाबहिल, काठमाडौं, नेपाल

सम्पर्क

दूत मिडिया प्रालिद्वारा संचालित


सम्पादक :बिन्दा दाहाल
सूचना विभाग दर्ता नं : ४४७५-२०८०/२०८१

समाचारका लागि: nchadke@gmail.com
बिज्ञापनका लागि: nchadke@gmail.com

Follow Us

ChadkeNepal

Copyright © 2022 chainjokhabar.com. All rights reserved.

Design & Developed By : Journey For Tech Pvt.Ltd.