गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने प्रतिपक्षी दलको बैठकको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने बताएको छ । आइतबार नेपाली कांग्रेसको नेतृत्वमा बसेको प्रतिपक्षीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
अहिले बसेको बैठकले सो निर्णय लिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

कांग्रेसले रविमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ ।
रविले यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आए पनि कांग्रेस तयार थिएन । तर, आज विपक्षी दलहरूको दोस्रो बैठक राखेको कांग्रेस यसमा लचिलो भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार