इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ ।

लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार दिउँसो निधन भएको हो ।

उनको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको थियो ।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् ।

विसं १९८९ को श्रीपञ्चमीका दिन जन्मेका इतिहासकार ज्ञानमणि नेपालको जन्म भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार