काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
केही दिनअघि प्रदेश प्रमुखसमक्ष ५२ सांसदको हस्ताक्षर गराएर मुख्यमन्त्री भएका कार्कीले आज सोमबार विश्वासको मत लिन लागेका हुन् ।
केन्द्रमा नेकपा एमाले र नेकपा माओवादीबीच सहकार्य भएसँगै कोशीमा पनि सोही समीकरणका आधारमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यसअघि नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा केदार कार्की मुख्यमन्त्री भएका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको छ ।
यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।






प्रतिक्रिया