काठमाडौं । मन्त्रिपरिषद्को बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले बिहीबार अनुमोदन गरेसँगै १९औँ एशियन गेम्समा पदक विजेता, क्रिकेट टोली र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।
आईसीसी पुरुष टी -२० वर्ल्ड कप फाइनल एशियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टोलीले २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।
१५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईंले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्नेछन्।







प्रतिक्रिया