यो सरकार कसैले ढाल्न सक्दैन : पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारविरुद्धका षडयन्त्रलाई एक एक गरेर तोड्दै अघि बढ्ने बताएका छन्।

बिहीबार नेकपा (एमाले) रामेछापको नवौं जिल्ला अधिवेशन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो सरकार भत्काउनका लागि विभिन्न कोसिस भइरहेको छ। सरकार विरुद्धका षडयन्त्रलाई एक एक गरेर तोडेर अघि बढ्छौं।’उनले भने,‘यो सरकार २०८४ सम्म रहन्छ, कसैले यो सरकार ढाल्न सक्दैन, यसको विकल्पमा अर्को सरकार बन्न सक्दैन। ’

प्रतिक्रिया

सम्बन्धित समाचार