९ कानुन अध्यादेशमार्फत् संशोधन गर्ने सरकारको निर्णय,राष्ट्रपतिसमक्ष पठाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद्ले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सोमबारको निर्णयबमोजिम अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्नेछ ।

यो अध्यादेशमार्फत ९ वटा ऐन संशोधन हुनेछन् । स्रोतका अनुसार भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ मा संशोधन हुनेछ ।

यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ पनि अध्यादेशमार्फत संशोधन हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार