एमाले कार्यालय पुगेर प्रचण्डले भने : वाम एकता जारी राख्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जारी राख्नुपर्ने बताएका छन् ।

साेमबार नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

साे क्रममा उनले भने, ‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’

सो क्रममा  प्रचण्डले राष्ट्रिय एकताको निम्ति जोखिम उठाउनुपर्ने बताउँदै भने, ‘चुनौतीको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम नै हो । जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार