काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
मंगलबार कतारका राजा मोहम्मद बिन अल थानी नेपाल आइपुग्दैछन् । सोको तयारीका लागि सो बैठक बोलाइएको हो । बैठक सोमबार बिहान १० बजे सिंहदरबारमा बस्नेछ ।
त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकमा केही नियुक्ति र बढुवाको पनि निर्णय गरिनेछ । नेपाल प्रहरीका दुई डिआइजी एआईजीमा बढुवा सिफारिस भएका छन् ।
यस्तै, दुई एसएसपी डिआइजीमा बढुवा सिफारिस भएका छन् । उनीहरूको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया