नेकपा एमालेका अध्यक्ष ओली अस्वस्थ

काठमाडौं । नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अस्वस्थ भएपछि उनी घरमै आराम गरिरहेका छन् ।

उनका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएको छ ।

अध्यक्ष ओली अस्वस्थ भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार