नेकपा एमालेले पूर्वराष्टपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने भएको छ ।

ललितपुरको गोदावरीमा चलिरहेको एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने भनी गरेको प्रस्तावमा सहमति जुटेसँगै उनलाई भण्डारीलाई सो पदबाट सम्मान गरिने भएको हो ।

‘‘पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महत्वपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाउँ’, पोखरेलले बैठकमा गरेको प्रस्तावमा उल्लेख छ ।

नेकपा एमालेले सोमवार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार