वी.पी संस्कृत मावि (सालुखुम्बु)को शैक्षिक उन्नयनका लागि दुई वटा समिति गठन

काठमाडौं । सोलुखुम्बु नेचासल्यान २ स्थित श्री वी.पी. संस्कृत माध्यमिक विद्यालयको शैक्षिक उन्नयनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समति र पूर्वविद्यार्थी समाजको गठन भएको छ ।

शनिबार राजधानीमा भएको विद्यालयसँग आबद्ध स्थापनाकालदेखि हालसम्मका प्रअ, विव्यस, शिअस पदाधिकारी, शिक्षक,कर्मचारी,पूर्वविद्यार्थी अक्षयकोष दातालगायतको भेलाले उल्लेखित समिति गठन गरेको हो ।

गठित समितिले विद्यालयको शैक्षिक उन्नयनका लागि भूमिका खेल्नेछन् ।

यस्तै, वी.पी संस्कृत मावि स्थापनकाकालका कर्मचारी विश्वनाथ पराजुली र पूर्वप्रअ लाेकनाथ निरौलालाई सम्मान गरिएको छ । निरौला र  पराजुलीलाई सो विद्यालयका पूर्वविद्यर्थी तथा पूर्वमन्त्री बलबहादुर केसीले प्रमाणपत्र तथा दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।  सो क्रममा केसीले पराजुलीले आफूलाई पढाएको स्मरण गर्दै श्री वी.पी संस्कृत माविको उन्नयनमा उन‍ (पराजुली)  को अहम भूमिका रहेको बताए ।

मन्त्री केसीले तत्कालनी समयमा विद्यालय स्थपनाका लागि प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्नेहरुप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा यस विद्यालयकाे शैक्षिक उन्नयनका लागि लाग्न सम्बन्धित सबैलाई आग्रहसमेत गरे । केसी सो विद्यालय स्थपानामा भूमिका खेल्ने पारिवारिक सदस्यसमेत हुन् । विद्यालयलाई माविमा रुपान्तरण र वीपी स‌ंस्कृत विद्यपीठ स्थापनामा उनको  नेतृत्वदायी भूमिका छ ।

भेलामा उपस्थित उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य  प्रकाशसि‌ंह कार्कीले विद्यालयको नाममा एक लाख एक हजार एक सय रुपियाँकाे अक्षय काेषको स्थापना गर्ने प्रतिबद्धतासमेत गरेका छन् । साथै, विद्यालयको श्रीवृद्धिका लागि आफू सधैं तत्पर रहेको पनि उनले बताए । यस्तै, शिक्षासेवी तथा समाजसेवी कर्मा शेर्पाले विद्यालयका कर्मचारी र विद्यार्थीलाई ट्रयाक्सुट उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

विव्यस‌ अध्यक्ष सुरज केसी विद्यालयको उन्नयनका लागि  एकजुट हुन  आग्रह गरे  । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेले विद्यालयले लिएका दीर्घकालीन, अल्पकालीन उद्देश्य, रणनीति, प्रगति विवरण र विद्यमान अवस्थाबारे प्रस्टयाएका थिए ।

यस्तो छ, शैक्षिक उन्नयनका  गठित समितिका पदाधिकारीको नामावली 

(क) राष्ट्रिय तथा अन्तर्राष्टिय समिति
बलबहादुर केसी : संयोजक
शम्भुहरि बाँस्तोला : सदस्य
मठाधीश गोपाल निरौला : सदस्य
पुण्यप्रसाद दाहाल : सदस्य
प्रकाससिंह कार्की : सदस्य
(ख) पूर्वविद्यार्थी समाज
दीपकबाबु निरौला : अध्यक्ष
गोमा बाँस्तोला : उपाध्यक्ष
नारायणप्रसाद निरौला : सचिव
बेदप्रसाद बाँस्तोला : सहसचिव
राधा ढुंगाना : कोषध्यक्ष
दीपक कोइराला : सदस्य
टेकप्रसाद बाँस्तोला : सदस्य
भरत काफ्ले : सदस्य
हर्क बहादुर राई : सदस्य
बाबुराम नेपाली : सदस्य
गीता गौतम : सदस्य

प्रतिक्रिया

सम्बन्धित समाचार