वेद कोशी र गण्डकी नदीको किनारमा रचना गरिएको हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वेदको रचना नेपालीका पुर्खाहरुले कोशी र गण्डकी नदीका किनारमा रचना गरेको बताएका छन् ।

बुधबार इलाममा आयोजित नेकपा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्रो मुन्धुम विदेशबाट बोकेर ल्याएको चिज होइन । हाम्रो पुर्खाले यहाँ रचना र विकास गरेको हो । त्यसै गरेर वेद पनि हाम्रा पुर्खाहरुले कोशी र गण्डकी नदीका किनारमा बसेर रचना गरेका थिए । हाम्रा पुर्खाले गरेका हुन्’, ओलीले भने ।

नेपाल एउटा बहुभाषिक, बहुजातीय र बहु सांस्कृतिक देश भएको बताउँदै उनले अहिले संघीयताका थुप्रै पण्डित देखिए पनि संविधानमा संघीयता नेकपा एमालेले लेखेको समेत बताए ।

‘किरात धर्म गुरु फाल्गुनन्दालाई नेपालको राष्ट्रिय विभुति, भनेर स्थान नेकपा एमालेले दिएको होइन ?’, उनले प्रश्न गरे, ‘अहिले आएर संस्कृतिका बारेमा एमालेलाई पढाउने ?

प्रतिक्रिया

सम्बन्धित समाचार