पूृर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै ओलीले भनेः एउटा परिवारलाई देशले थपना गर्न सक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा परिवारलाई देशले थपना गर्न नसक्ने बताएका छन् ।

नववर्ष २०८१को शुभारम्भमा बूढानीलकण्ठ नगरपालिकाद्वारा नगर अस्पतालको शुभारम्भलाई सम्बोधनका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

सो क्रममा उनले भने,’नेपालमा केही भएको छैन होइन, भइरहेका छन् । यो तीन बर्ष अर्थतन्त्र ओरालो लाग्यो । राजनीति अस्थिर भयो, असभ्यता बढ्यो समाजमा। अराजतकता बढ्यो, के बोल्ने रु के गर्ने नगर्ने रु जस्ता कुरा भएनन् । अहिले पनि केही मान्छेहरु उत्ताउला पन देखिँदैछन् । त्यस्ता राजनीतिक व्यक्ति र समूहलाई आग्रह गर्छु, संविधानको दायराभित्र आउनुस्, संवैधानिक र शान्तिपूर्ण दायराभित्र आउनुस् र त्यसभित्र रहेर आफ्नो माग गर्नुस् ।’
यस्तै, सत्ता प्राप्तिका लागि संवैधानिक बाटो रहेको बताउँदै उनले कुनै पनि माग लोकतान्त्रिक विधिबाट पूरा गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार