निषेधित क्षेत्रबाट हट्यो माइतीघर बानेश्वर

काठमाडौं । काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ। यसअघि बन्द हड्ताल गर्न निशेधित गरिएको सो क्षेत्र नयाँ वर्षको अवसरमा खुला गरिएको हो ।

यस्तै, नयाँ वर्ष २०८१को अवसरमा ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ।

गृहमन्त्रालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ।ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ ।’

यसअघि  दुर्गा प्रसाई र नेकपा एमालेनिकट युवा संघ नेपालले  माइतीघर मण्डलामै प्रदर्शन गर्ने भएपछि सो क्षेत्रमा आन्दोलका लागि निषेधित गिरएको थियो ।

प्रतिक्रिया