काठमाडौं । आज लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिने भएका छन् ।
केन्द्रमा सत्ता गगठबन्धन परिवर्तनसँगै सातै प्रदेशमा मुख्यमन्त्री पनि परिवर्तन हुने क्रममा केही दिनअघि मात्र मुख्यमन्त्री बनेका उनले आज विश्वासको मत लिन लागेका हुन् ।
उनले दिउँसो १ बजे विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको उनलाई समर्थन छ ।


प्रतिक्रिया