काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलन घोराहीमा उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा मुलुकमा स्थायित्व कायम गर्न निर्वाचन प्रणालीमा सुधार आवश्यक हुन आवश्यक रहेको बताएका छन् ।
मिश्रित निर्वाचन प्रणालीका कारण ६ ६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको उनको भनाइ छ ।
कोइरालाले कांग्रेस र एमाले दुई ठूला राजनीतिक शक्तिबीच एकता कायम गरी निर्वाचन प्रणालीका बारेमा ठोस कदम चाल्नैपर्ने बताए। नेपालको संविधान २०७२ मा रहेका केही त्रुटि संशोधन गर्नुपर्ने भएकाले त्यसका लागि दुई ठूला राजनीतिक शक्ति कांग्रेस र एमाले एक भएर अगाडि बढ्नुपर्ने सो क्रममा उनले बताए ।





प्रतिक्रिया