काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले ,पछिल्लो दिनमा राजनीति विकृत छाएको पनि उनको आरोप छ ।
उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको बताए । लिङ्देनले राजनीति भन्ने बित्तिकै मानिस डराउने अवस्था सिर्जना भएको आरोपसमेत लगाए ।





प्रतिक्रिया