काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरण सुरुवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको बताएका छन् ।
बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘ललिता निवासको सुरूवाती त अहिलेका विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो ।’ त्यस्तै उनले ललिता निवासदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा नेताहरूलाई जोगाइएको पनि बताए ।
उपसभापति वाग्लेले भने, ‘ललिता निवास काण्डदेखि वाइडबडी काण्डसम्म यहाँ को–कोलाई जोगाइएको छ । यो सारा फेहरिस्तको छानबिन गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ ।’





प्रतिक्रिया