सहकारी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति नबने संसद् चल्न नदिने कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको नेपाली कांग्रेसको संसदीय बैठकले यस्तो निर्णय गरेको हो ।

साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार