उपनिवर्वानका लागि आज अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको आज अन्तिम नामावली प्रकाशित हुँदैछ । अन्तिम नामावली प्रकाशनसँगै आज उनीहरुलाई आज चुनाव चिह्न वितरण गरिनेछ ।

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङमा क्षेत्र नम्बर १ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

उपनिर्वाचनको मतदान भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर एकको १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि ती क्षेत्र रिक्त छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार