राप्रपाले भृकुटीमण्डपबाट प्रदर्शन गर्ने, निषेधित क्षेत्र तोड्ने आँकलनका साथ सुरक्षा व्यवस्था कडा

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदर्शनकारीले निशेधित क्षेत्र तोड्ने आँकलनका साथ राजधानी काठमाडौंको सुरक्षालाई कडा बनाइएको हो । जसका लागि काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने बुझिएको छ ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार