भोलि राप्रपाले काठमाडौंमा जनप्रर्दन गर्ने

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीले भोलि काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ ।

गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले भोलि काठमाडौंमा शक्तिप्रदर्शन गर्न लागेको हो ।

४० बँदे मागपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत विषय समेटिएका छन् ।

मागपत्रमा भनिएको छ, ‘राष्ट्र र राज्यका रूपमा नेपालको यति तीव्र क्षयीकरण इतिहासमा कहिल्यै भएको थिएन । राष्ट्रका रूपमा आज देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय अस्मिता तथा देशलाई एक सूत्रमा बाँध्ने धर्म–संस्कृति सबै नराम्रोसँग क्षयीकृत भएको छ ।’

राप्रपाले राखेको ४० बुँदे मागपत्रमा गैरराजनीतिक मागहरु पनि छन् ।

राप्रपाले पछिल्लो निर्वाचनमा देशभरबाट समानुपातिकमा ५ लाख ८६ हजारभन्दा बढी मत ल्याएको थियो । साथै, थ्रेस होल्ड कटाउँदै आफूलाई राष्ट्रिय दलको मान्यता दिलाउन सफल पनि भएको छ ।

जनसहभागिता र जनपरिचालनका लागि काठमाडौं, ललितपूर र भक्तपुरमा दिनहुँजसो बैठक, घरदैलो र कोणसभाहरु भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार