काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समिति गठन गर्न किन तयार नहुनुको कारण के भनी प्रश्न गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
पौडेलले संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट कांग्रेस पछि नहेटेको बताउँदै गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका हुन् । साथै, उनले गृहमन्त्री निर्दोष भए छानबिनमा नडाउनुपर्ने समेत बताए ।
उनले भने, ‘छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भयो ।’





प्रतिक्रिया