सहकारीलाई बटमलाइन बनाउने का‌ङ्ग्रेस पदाधिकारीको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समितिलाई ‘बटमलाइन’ बनाउने भएको छ । सोमबार संसद्‌मा रहेका पूर्व र वर्तमान कांग्रेस पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस छानबिन समितिबाट पछि नहट्ने निर्णय लिएको जानकारी दिए ।

‘संसदीय छानबिन समिति कस्तो बनाउने त्यसको क्षेत्राधिकार खुलेर छलफल गर्न हामी तयार नै छौं,’ थापाले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने सामान्य माग हो । सरकार यसमा संवेदनशील हुनुपर्छ भन्ने पोजिसन हाम्रो रहन्छ ।’ केही दिनयता नेपाली कांग्रेसले संसद्मा सहकारी प्रक्ररणबारे निरन्तर आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार