इलाम २ मा उम्मेद्वारी दर्ता सुरु, पहिलो नम्बरमा कसले दर्ता गरायो उम्मेद्वारी

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा उम्मेद्वारी दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो नम्बरमा जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी, नेपाल मजदुर किसान पार्टी आफ्नो उम्मेद्वारी दोस्रो नम्बरमा दर्ता गरेको छ ।

उपनिर्वाचनमा नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जी उम्मेदवार बनेका छन् । चर्चामा रहेका क्रमश: रास्वपा,नेकपा एमाले र नेपाली का‌ग्रेसले आफ्ना उम्मेद्वारको नामावली दर्ता गराउने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार