१५ लाख घूससहित वडाध्यक्ष पक्राउ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई १५ लाख घूससहित पक्राउ गरेको हो ।

भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानी ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार