माओवादी र समाजवादीबीच एकता प्रक्रियालाई गति दिने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकताका लागि वार्ता समितिको बैठक सम्पन्न भएको छ । बैठकमा एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

आज बसेको बैठकमा पार्टी एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भएको माओवादीका उपाध्यक्ष तथा उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपा नेता गंगानारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।

पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय भएको छ ।

यस्तै पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्हलगायत विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार