दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद

काठमाडौं । नेपाल प्रहरीले दोलखाको बिगु गाउँपालिका–१, लामाबगरबाट ४ किलो सुन बरामद गरेको छ ।

यसअघि बरामद भएको सुनको अनुसन्धानका क्रममा अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो ।

योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।

यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो ।

प्रहरी स्रोतका अनुसार, यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० सहितको टोलीले ३ भदौमा रसुवागढी नाकाबाट आएको दुई र १३ असोजमा १ किलो सुन समेत बरामद गरेको छ ।

प्रतिक्रिया