काठमाडौं । सर्वोच्च अदालतले इनम सापकोटाको पक्राउलाई कानुनसम्मत ठहर गरेको छ । आफ्ना पतिलाई गैरकानूनी पक्राउ गरिएको भन्दै कविता पाण्डेले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो ।
न्यायाधीशहरु हरि फुयाल र सुनिल पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । राज्यको महत्त्वपूर्ण र संवेदनशील सूचना चुहाएको आरोपमा प्रहरीले सापकोटालाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया