नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकमा पार्टीको महाधिवेशन र दुई महिना सञ्चालन गर्ने जनअभियानका विषयमा छलफल हुने उनले बताए । “महाधिवेशन तथा दुई महिने संगठन सुदृढीकरण अभियानका बारेमा छलफल गर्ने तय भएको छ,” प्रवक्ता ज्वालाले भने ।

असोज १५ गतेदेखि नेकपाले सुरु गर्ने भनिएको जनअभियान कात्तिकदेखि मंसिरसम्म सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार